Logo

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबार जेठ १० गते काठमाडौंको हात्तिसारस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो । सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

उक्त सभाले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL