Logo

कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा समूहको सक्रियता, कोभिड बिरामीलाई निशुल्क अक्सिजन र भोजन

कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा समूहको सक्रियता, कोभिड बिरामीलाई निशुल्क अक्सिजन र भोजन



काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै गएको अवस्थामा सोको रोकथाम र नियन्त्रणका लागि शारदा समूह तथा यस अन्र्तगतका कम्पनीहरुले आफ्नो सक्रियता बढाएको छ ।

समूहले दुहबी नगरपालिका अन्र्तगत ३० बेडको आइसोलेशन सेन्टर र १५ बेडको आईसीयू भएको कोभिड अस्पताल सञ्चालन गर्न सम्पूर्ण बिरामीहरुको लागि निःशुल्क अक्सिजन र निःशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारी लिएको छ । साथसाथै बिरामीहरुको लागि निःशुल्क प्याकेट फूड र बिरामी कुरुवाहरूको लागि निःशुल्क भोजनको समेत ब्यवस्था गरेको बताएको छ ।

त्यसैगरी, काठमाडौंमा यस समूहले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै मारवाडी सेवा समिति अन्र्तगत गौशाला रहेको ५१ बेडको आइसोलेशन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको जनाएको छ ।

उता, लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेशन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी समूहले लिएको छ । साथै कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरूका लागि निःशुल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल गरिरहेको समूहले जनाएको छ ।

यस समूहको समेत लगानी रहेको होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आईसीयू र आइसोलेशन सहितको कोभिड सेन्टरको लागि ३५ थान बेड उपलब्ध गराएको र बिरामीहरुको लागि निःशुल्क अक्सिजन र औषधी उपलब्ध गराइरहेको समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL