Logo

अध्ययनको निष्कर्ष : सिमेन्ट उद्योगले प्रदुषण बढायो, आवासीय क्षेत्रमा उद्योग स्थापना रोक्नुपर्छ

अध्ययनको निष्कर्ष : सिमेन्ट उद्योगले प्रदुषण बढायो, आवासीय क्षेत्रमा उद्योग स्थापना रोक्नुपर्छ



काठाडौं । नेपालमा स्थापित सिमेन्ट उद्योगहरुले वातावरण प्रदुषण बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले अनुसार नेपालमा संचालित उद्योगहरुले वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर परेको देखाएको हो ।

विशेषगरी आवासीय क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गर्दा मानव स्वास्थ्यमा असर पारेको भन्दै त्यस्ता क्षेत्रमा उद्योग स्थापनालाई निरुत्साहित गर्नुपर्ने उक्त सुझावमा उल्लेख छ । साथै सिमेन्ट उद्योगहरुलाई सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन समेत उक्त सर्वेक्षणमा उल्लेख छ ।

रााष्ट्र बैंकले गरेको नेपालका वैदेशिक लगानीका सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभाव सम्बन्धी अध्ययन गरेको थियो । अध्ययनमा विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २/२ गरी ७ उद्योगहरुलाई समेटेको छ ।

सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL