Logo

क्लासिक टेकको सामाजिक सेवा, चन्द्रागिरिको आइसोलेशन केन्द्रमा निःशुल्क इन्टरनेट

क्लासिक टेकको सामाजिक सेवा, चन्द्रागिरिको आइसोलेशन केन्द्रमा निःशुल्क इन्टरनेट



काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नगर स्तरिय आइसोलेशनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारीविरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ मा निर्मित आइसोलेशन केन्द्रको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोष खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिक टेकले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।

नगर स्तरिय आइसोलेशन वडा नम्बर ८ मातातीर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको छ । सो स्थानमा कोरोना संक्रमितहरुको सुविधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो । सो आइसोलेशन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।

आइसोलेशनमा रहेका संक्रमितहरुलाई घर परिवारसँग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरूलाई समेत सहज बनाउने उद्देश्यले क्लासिक टेकले आइसोलेशन केन्द्रमा इन्टरनेट जडान गरेको जनाएको छ । सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL