Logo

शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा अस्पताललाई साढे ३ करोड बढीको स्वास्थ्य सामाग्री सहयोग

शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा अस्पताललाई साढे ३ करोड बढीको स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृखंला सुरु गरेका छन् ।

दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे ३ करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तान्तरण गरिसकेका छन् ।

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रपंक्तिमा खटिएका दुई समाजिक संस्था मार्फत केही सामाग्री हस्तान्तरण गरिसकेका छन् भने केही समाग्री एकदुई दिनमै हस्तान्तरण गर्ने जनाएको छ ।

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए । उनीहरुले यस मानविय संकटमा अधुरा र उधारो बाचाभन्दा अहिलेको
तत्काल आवश्यकताको पूर्तिका लागि आफुहरु सक्रिय रहेको बताए । यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ ।

फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल कम्पनीको अक्सिजन प्लान्टले ४५ शैयामा ‘हाइ फ्लो’ र दैनिक ७ सय लिटर अक्सिजन उत्पादन हुनेछ । दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाको साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्यूम्यानिटी फाउन्डेसन मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ ।

शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटर सहितका अक्सिजन सिलिन्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तान्तरण गर्दैछ । यस्तै रुपन्देहीमा
अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एकसय थान सिलिन्डर हस्तान्तरण गर्दैछ ।

यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेको छ । यसअघि उक्त समूहले वीर अस्पतालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयंसेवामा खटिएका हामी नेपालका स्वयंसेवकका लागि २५० वटा पीपीर्इ सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL