Logo

निम्बसले फ्रन्टलाइनरलाई प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

निम्बसले फ्रन्टलाइनरलाई प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने



काठमाडौं । निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

कम्पनीले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको जनाएको हो । यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो टेकका मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।

निम्बसले अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रो टेकका मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पुर्याउने जनाएको छ ।

निम्बसले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अफ्ठेरोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरूद्वारा संचालित संगठन, हार्ट बिटलाई मास्क वितरण गरिसकेको छ ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले विश्वले भोगिरहेको यो कठिन चुनौतीलाई हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुने भएकाले विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL