Logo

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले बढ्यो, कमायो ५९ करोड नाफा

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले बढ्यो, कमायो ५९ करोड नाफा



काठमाडौं । नागरिक लगानी कोषले ५९ करोड २० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको हो । कोषले अघिल्लो वर्षको भन्दा ५६.०३ प्रतिशतले बढी नाफा कमाएको हो । कोषको ब्याज आम्दानी, सेवा शुल्क, कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढेको हो ।

चैत मसान्तसम्म कोषले मुद्दती निक्षेपमा ९८ अर्ब १४ करोड ६१ लाख ७३ हजार रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १३ अर्ब ६० करोड ७३ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ ।

ब्याज आम्दानी १२ करोड ४३ लाख ६३ रुपैयाँ बढेर १८ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष ७९ करोड २ लाख रुपैयाँ पुगेको छ । विविध आम्दानी १६ लाखबाट १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब रुपैयाँ पुगेको छ ।

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी भने घटेर वार्षिक २६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL