Logo

जोन्टा क्लब अफ काठमाडौंको परोपकार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

जोन्टा क्लब अफ काठमाडौंको परोपकार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग



काठमाडौं । जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ।

कोभिडका १९ को दोस्रो लहर तिव्र रुपमा फैलिदा देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखा परेको अवस्थामा कोभिड संक्रमति भएका  गर्भवती र भर्खरका आमाहरु अवस्था गम्भिर हुने भन्दै कल्ल उक्त सहयोग गरेको जनाउको छ ।

कल्बले अस्पताललाई  चार वटा अक्सिजन कन्सनट्रेटरहरु अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरेको छ ।

अप्रिल २०२० मा पहिलो लकडाउनको क्रमममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण गरेको थियो । जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले  महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्नेमा आशावादी रहेको बताइनन् । 

प्रतिक्रिया दिनुहोस्
MBL