Logo

१०८ मेगापिक्सल क्यामेरा भएको रेडमी १० नोट प्रो अब नेपालमा, यस्तो छ विशेषता र मूल्य

१०८ मेगापिक्सल क्यामेरा भएको रेडमी १० नोट प्रो अब नेपालमा, यस्तो छ विशेषता र मूल्य



काठमाडौं । मोबाइल फोन कम्पनी शाओमीले नेपालमा रेडमी नोट १० प्रो को लन्च गरेको छ। रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरु जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ‘टीएम’ ७३२ जी, ईभोल डिजाइनहरु रहेका छन् । जसले  टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको दाबी कम्पनीको छ।

रेडमी नोट १० प्रोको लन्च गदै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताउ । उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका उनको दाबी छ ।

उनले रेडमी नोट सिरिजको १० औँ जेनेरेसनको प्रषेपणका साथ टेक्नोलोजीको हरेक अंशहरु जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर एक व्रmान्तिकारी परिवर्तन ल्याएको उनको दाबी छ ।

१२० हर्ज सुपर एमोलेड १०८ एमपी क्वाड क्यामेरा

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउनेछ ।  जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्राे २ एमपी डेप्थ सेन्सर उपलब्ध छ । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।

१०८ एमपी क्वाड क्यामेरा एरे

रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ । जसमा लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ  । जसले उत्कृष्ट क्यामेरा क्षमताहरुको प्रदान गर्दछ । जुन सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो ।  यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको कम्पनीले जनाएको छ । जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइक्राेमिटरको पिक्सेल साइज प्रदान गर्दछ।

५ एमपी सुपर म्याक्राे

रेडमी नोट १० मा ५ एमपी सुपर म्याक्राे  क्यामेरा सेन्सरको सुविधा रहेको छ। सुपर म्याक्राे  लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो। यसको मद्दतले उपभोक्ताहरुले २ह् थप जूम गर्न सक्दछन् ।

८ एमपी अल्ट्रा वाइड

यसमा ८ एमपीको अल्ट्रा वाइड सेन्सर पनि छ । जसले उपभोक्ताहरुलाई अल्ट्रा वाइट शटहरु ११८ डिग्रीसम्मको पर्फेक्ट फिल्ड अफ भ्यु हेर्नको लागि मद्दत गर्दछ। सफ्टवेयर एआई एल्गोरिदमहरुलाई लाइफ इमेजहरु र एक्सेपसनल भिडियो क्वालिटी प्रदान गर्नका लागि ट्युन गरिएको छ।

सुपर एमोलेड डिस्प्ले

यसमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी+ सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस, १२० हटर््जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट छ । यस्तैंं  एचडीआर १० सपोर्टको प्रदर्शन रहेको छ ।

१२० हट्र्ज रिफ्रेस रेट

सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट,स्मुथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ। १२० हटर्ज रिफ्रेस रेटले यो सुनिश्चित गर्दछ।

१२०० निट्स

सुपर एमोलेड प्यानेल १२०० निट्सको पिक ब्राइटनेसको साथ आउँछ जसलाई उद्योगकै सबैभन्दा उत्कृष्ट मानिन्छ। १२० हट्र्जको सुपर एमोलेड डिस्प्ले र १२०० निट्सको पिक ब्राइटनेसको साथ रेडमी नोट १० प्रोले मिड–प्रीमियम र फ्ल्यागशिप स्मार्टफोनको बिचको दूरीमा ब्रिज ल्याउँछ जसले डिस्प्लेले फ्ल्यागशिपलाई प्रतिद्वन्दि गर्दछ।

६ जीबी र्‍याम १२८ जिबी स्टोरेज रहेको फोनमा मुल्य नेपाली बजारमा ३३ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL