Logo

एफएनसीसीआईले गोर्खा अस्पतालमा कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना गर्ने, कामनपासँग सम्झौता

एफएनसीसीआईले गोर्खा अस्पतालमा कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना गर्ने, कामनपासँग सम्झौता



काठमाडौं । नेपाल उद्योग वाािणज्य महासंघ (एफएनसीसीआई)ले क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना गर्ने भएको छ । उक्त केन्द्र स्थापनाका लागि बिहीबार एफएनसीसीआई र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच सहमती गरेको हो ।

कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।

उक्त आइशोलेशन केन्द्र आगामी आइतवारबाट संचालनमा आउने छ भने सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने बताईएको छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइशोलेशन सेवा प्रदान गरिने छ ।

केन्द्र अन्तरगत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिन दिनुपर्ने भएमा अक्सिन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था समेत हुनेछ ।

आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइशोलेशनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइशोलेन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ ।

केन्द्रको लागि हुने खर्च एवं खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको र उक्त समितिमा भक्त बहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य रहेको छन् ।

सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी संक्रमितहरूको सहयोगार्थ महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच भएको यो सहमती र सहकार्य ऐतिहासिक हुने बताए । कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालनबाट कोभिड संक्रमित विरामीहरूलाई ठूलो राहत हुने भन्दै अध्यक्ष गोल्छाले आपसी सहमतीलाई पूर्ण पालना गर्न महासंघको तर्फबाट प्रतिवद्धता जनाएका छन् ।

कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने कार्यमा समन्वय गरिरहेका महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले काठमाडौं महानगरपालिका वडा नम्वर १७ लाई धन्यवाद समेत दिंदै केन्द्र संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष मानन्धरले यो सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै केन्द्रको प्रभवकारी संचालनमा आफू र आफ्नो वडाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL