Logo

कोरोना रोकथाम तथा नियन्त्रणमा एफएनसीसीआईको सक्रियता, कोभिड १९ सहायता केन्द्र स्थापना

कोरोना रोकथाम तथा नियन्त्रणमा एफएनसीसीआईको सक्रियता, कोभिड १९ सहायता केन्द्र स्थापना



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कोरोना भाईरसबाट सर्वसाधारणको सुरक्षाका लागि भन्दै कोभिड १९ सहायता केन्द्र स्थापना गरेको छ । पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्ट फैलिरहेको र सोहीअनुसार संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउनका लागि भन्दै सहायता केन्द्र संचालनमा ल्याएको जानकारी दिएको छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन सोहीअनुसार जिम्मेवारी बा“डफा“ड समेत गरिएको छ ।

जसअनुसार अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र शौरभ ज्योतिलाई जिम्मा दिईएको छ भने अस्पताल आईशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठलाई जिम्मा दिईएको छ ।

यस्तै अस्पताल व्यवस्थापनको जिम्मा ई. देशबन्धु बस्नेत(अजित), बाबुकाजी कार्की र डा. केयुर गौतमलाई जिम्मा दिईएको छ । साथै एम्बुलेन्स आईशोलेशन केन्द्र व्यवस्थापनका लागि रन्जितराज आचार्यलाई जिम्मा दिँदा औषधि तथा मेडिकल उपकरण व्यवस्थापनको जिम्मा प्रवलजंग पाण्डे र भक्त हमाललाई दिईएको हो । यस्तै होटल ताल हवाई यातायात व्यवस्थापनको जिम्मा ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई दिईएको छ ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृत हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्पmत सम्पर्क गरेर आपूmलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जानकारी दिएको छ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्नेछन् । सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भैरहेको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL