Logo

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ ।

यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरूबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढेको हो । शिवमको वित्तीय अवस्थाले लगानीकर्तालाई पनि खुसी दिएको छ ।

यसले लगानीकर्ताको सेयर आम्दानी समेत बढेको देखिन्छ । सिमेन्टको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २ पैसाले बढेर वार्षिक ३३ रुपैयाँ ३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा थियो ।
एक वर्षको अवधिमा सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३.८२ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड ५१ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL