Logo

काेराेनामा सीएनआईकाे सहयाेग,सरकारलाई दियो २ सय थान अक्सिजन कन्सन्ट्रेटर

काेराेनामा सीएनआईकाे सहयाेग,सरकारलाई दियो २ सय थान अक्सिजन कन्सन्ट्रेटर



काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआई)ले ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई सहयोग गरेको छ । पछिल्लो समय कोरोना महामारीको दोस्रो भेरियन्ट लगातार बढिरहेको भन्दै होंशी शिभव सिमेन्टमार्फत उक्त कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । सीएनआईले यसअघि पनि विभिन्न उद्योगहरुलाई अक्सिजन सिलिण्डर सहयोग गर्न आह्वान गरेको थियो ।

२ करोड रुपैयाँ बराबरको सो सामाग्रिहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने विचार बताए। त्यस्तै सामाग्रिहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए ।

राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्रि उपलब्ध गराई सहयोग पुर्याएकोमा नेपाल उद्योग परिसंघले होङ्शी–शीभम सिमेन्ट परिवारलाई हार्दिक धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्