Logo

लुमिनसको टेलि टेक्निसियन सेवा, निषेधाज्ञाको समयमा इन्भर्टर र ब्याट्रीमा समस्या आए फोन गर्न सकिने

लुमिनसको टेलि टेक्निसियन सेवा, निषेधाज्ञाको समयमा इन्भर्टर र ब्याट्रीमा समस्या आए फोन गर्न सकिने



काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले टेलि टेक्निसियन सेवाको सुरुवात गरेको छ ।

अमट्रेड प्रालिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुलाई बिक्री पश्चातको सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ टेलि टेक्निसियन सेवाको सुरुवात गरेको जानकारी दिए ।

ढुङ्गानाले यो सेवा लिनका लागि नेपालभरका लुमिनसका ग्राहकहरुले निषेधाज्ञाको समयमा आफ्नो इन्भर्टर र ब्याट्रीमा कुनै पनि समस्या आएमा फोन वा ह्वाट्स एपमार्फत आफ्नो समस्याको भिडियो रेकर्ड गरि ९८०२००२५६६ मा पठाइ सुझाव तथा परामर्श लिन सकिने बताए ।

ग्राहकहरुले लुमिनस ब्रान्डको इन्भर्टर र ब्याट्री खरिद गरेपछि कम्पनीले वारेन्टी अवधिभर नेपालका विभिन्न जिल्लाहरूमा निःशुल्क होम सर्भिस सेवा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL