Logo

नेपाल इन्स्योरेन्सको नाफा ९ महिनामा २७.८७ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी यस्तो छ

नेपाल इन्स्योरेन्सको नाफा ९ महिनामा २७.८७ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी यस्तो छ



काठमाडौं । नेपाल इन्स्योरेन्सले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा  २७.८७ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा रू १३ करोड ४० लाख ८४ हजार नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा  रू. १७ करोड १ लाख २२ हजार नाफा कमाएको छ ।

 चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू। ४० करोड १७ लाख ३५ हजार र बीमा कोषमा रू। ५० करोड ७१ लाख ६० हजार सञ्चित गरेको छ ।  

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू ९६ करोड ८४ लाख ३२ हजार बीमाशुल्क आर्जन गरेको हो । गत आवको तुलनामा चालू आवमा बीमाशुल्क आर्जन १२ प्रतिशतले वृद्धि भएको हो  । 

कम्पनीको प्रतिशेयर आम्दानी रू १९ दशमलव ७२, मूल्य आम्दानी अनुपात रू ४२ दशमलव ५५ र प्रतिशेयर नेटवर्थ रू। १७९ दशमलव शून्य १ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL