Logo

सर्वोत्तम सिमेन्टको सामाजिक उतरदायित्व, सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण

सर्वोत्तम सिमेन्टको सामाजिक उतरदायित्व, सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण



काठमाडौं । सर्वोत्तम सिमेन्टले सामाजिक उत्तरदायित्व पुरा गर्दै सुनवल नगरपालिकास्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ ।

कम्पनीका नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

कम्पनीले १० सेट बेड, इ।सी।जी। मेशिन तथा १० थान अक्सीजन फ्लो मिटर लगायत आई।सी।यू। कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो । अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरूले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल शारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भी।आर।एम। प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

आइ।एस।ओ। ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओ।पी।सी र सौरभ ग्रिन पी।पी।सी। नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL