Logo

सिटी एक्सप्रेसको महमारीमा निशुल्क सेवा, अष्ट्रेलियाबाट अत्यावश्यक रकम नेपाल पठाउदा शुल्क नलाग्ने

सिटी एक्सप्रेसको महमारीमा निशुल्क सेवा, अष्ट्रेलियाबाट अत्यावश्यक रकम नेपाल पठाउदा शुल्क नलाग्ने



काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड —१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल  भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको  वेब साइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिन्छ ।

कोभिड — १९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोच ले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन्  । हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली  रेमिटान्स ब्रान्ड बन्दै गएको छ ।

सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL