Logo

ग्यापु मार्केट प्लेसले निषेधाज्ञामा खाद्यान्नसहित फलफूल र तरकारीको निःशुल्क होम डेलिभरी

ग्यापु मार्केट प्लेसले निषेधाज्ञामा खाद्यान्नसहित फलफूल र तरकारीको निःशुल्क होम डेलिभरी



काठमाडौ । लोकप्रिय नेपाली इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्यान्नसहित तरकारी, फलफूलको निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ । ‘यो महामारीको समयमा उपभोक्तालाई भीडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक बस्तुको होम डेलिभरी सुरु गरिएको हो ।’ ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौँ ।’

खड्काका अनुसार कम्पनीले काठमाडौ उपत्यका भित्रका सबै स्थानमा २४ घण्टाभित्र निःशुल्क होम डेलिभरी सेवा प्रदान गर्नेछ । एक वर्ष अगाडि लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समय मै उपभोक्ताको मन जितेको थियो ।

‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं । फेरि पनि हामीलाई उपभोक्ताको अफ्ट्यारोमा सहयोग गर्ने मौका जुरेको छ’ सञ्चालक खड्काले भने । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेभसाइट (gyapu.com) मार्फत अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र इ–सेवा मार्फत सजिलै भुक्तानी गर्न समेत सकिने कम्पनीले जनाएको छ ।

साथै, डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL