Logo

निष्काशन बन्द मितिअगाबै बिक्री भयो एनआईबिएल समृद्धि फण्ड-२ का सबै इकाई

निष्काशन बन्द मितिअगाबै बिक्री भयो एनआईबिएल समृद्धि फण्ड-२ का सबै इकाई



काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाईहरु तेसा्रे दिनमा नै बिक्री भईसकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने आज मिति २०७८÷०१÷१६ गते अन्तिम दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL