Logo

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो, तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख कमायो

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो, तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख कमायो



काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले चालु आर्थिक वर्ष (२०७७-०७८) को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो ।

हालको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो । बैङ्कको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेको छ, भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रहेको थियो ।
बैङ्कको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । त्यस्तै बैङ्कको जगेडा कोषमा ९१ करोड ३४ लाख ७५ हजार रहेको छ ।

हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन, भने बैकको एक वटा केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिईरहेको छ ।

बैङ्कले अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा १५ प्रतिशतले लाभांश वितरण गरेको थियो भने बैङ्कमा कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार वचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ वटा सदस्य सहकारी संघसंस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकमसमेत बाँडफाँड गरिसकेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL