Logo

सिद्धार्थ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाइ मास्क र सेनिटाइजर सहयोग

सिद्धार्थ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाइ मास्क र सेनिटाइजर सहयोग



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ ।

यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL