Logo

टीसीएलको वाईफाईबाट चल्ने एयर कन्डिसनर बजारमा, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशनलगायतका विशेषता

टीसीएलको वाईफाईबाट चल्ने एयर कन्डिसनर बजारमा, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशनलगायतका विशेषता



काठमाडौं । टीसीएलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिसनर नेपाली बजारमा ल्याएको छ । आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु वातावरणमैत्री भएको कम्पनीको दावी छ ।

वाईफाई मार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४ घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशन, अटो प्रोटेक्शन जस्ता विशेषतायुक्त रहेका छन् ।

त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिसनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि कम्पनीले दावी गरेको छ । यस एयर कन्डिसनरलाई स्मार्ट टीभी, मोबाइल, जुनसुकै वाईफाईबाट जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ ।

टीसीएल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्सको इओएल प्रा.लि.ले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL