Logo

‘नेपाल सुपर लिग २०२१’ सँग जोडियो वर्ल्ड लिंक, वर्ल्ड लिंकको ओटिटीमार्फत प्रत्यक्ष प्रसारण हुने

‘नेपाल सुपर लिग २०२१’ सँग जोडियो वर्ल्ड लिंक, वर्ल्ड लिंकको ओटिटीमार्फत प्रत्यक्ष प्रसारण हुने



काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेड ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ ।

सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । २१ दिनसम्म प्रत्यक्ष प्रसारण हुने लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरूबीच २५ वटा म्याचहरु हुनेछन् ।

वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेडका निर्देशक मनोज अग्रवालले नेपालको एउटा लोकप्रिय खेल फुटबल लिगमा जोडिन पाउँदा खुशी लागेको बताए । यो टुर्नामेन्टले नेपालका उदीयमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर मिल्ने भएकाले यस्तो लिगसँग जोडिन पाउनु कम्पनीका लागि अवसर भएको उनले बताए ।

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL