Logo

‘एनआईबिएल समृद्धि फण्ड २’ को निष्कासन आजदेखि, लगानीकर्ताहरुका लागि आकर्षक अवसर

‘एनआईबिएल समृद्धि फण्ड २’ को निष्कासन आजदेखि, लगानीकर्ताहरुका लागि आकर्षक अवसर



काठमाडौं (आजबाट नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल समृद्धि फण्ड २’ नामको म्युचुअल फण्ड निस्कासन भएको छ ।

यस अघि दुई वटा बन्दमुखी र एउटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आएको कम्पनीको यो चौथो योजना हो । नयाँ योजनाको आकार १ अर्ब २० करोड छ ।

म्यअुअल फण्डको प्रबन्धक एनआइबिएल एस क्यापिटलले नयाँ योजना पनि लगानीकर्ताहरुका लागि आकर्षक अबसर हुने जनाएको छ । एनआईबिएल समृद्धि फण्ड १ ले अहिलेसम्म लगानीकर्तालाई ६३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

यस योजनाको ७ बर्ष अवधि पूरा भई बन्द गर्दा लगानीकर्तालाई ५५ प्रतिशतसम्म फिर्ता गर्न सकिने अबस्था रहेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL