Logo

भायानेटले ल्यायो भाइबर च्याटबट, भायानेटसम्बन्धी जिज्ञासा र समस्याको तुरुन्त समाधान हुने

भायानेटले ल्यायो भाइबर च्याटबट, भायानेटसम्बन्धी जिज्ञासा र समस्याको तुरुन्त समाधान हुने



काठमाडौं । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो ।

आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने कुरामा भायानेट सधै एक कदम अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याटबट ल्याएको छ ।

भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने कम्पनीले जानकारी दिएको छ

भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाइने विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL