Logo

‘सुपर लिग २०२१’ को मुख्य प्रायोजक किया नेपालले गर्यो धनगढी फुटबल क्लबसँग साझेदारी

‘सुपर लिग २०२१’ को मुख्य प्रायोजक किया नेपालले गर्यो धनगढी फुटबल क्लबसँग साझेदारी



काठमाडौं । किया नेपालले ‘नेपाल सुपर लिग २०२१’ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट ‘नेपाल सुपर लिग’ बैशाख ११ देखि बैशाख २५ सम्म काठमाडौंमा हुनेछ ।

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरूको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधि मार्फत पनि ब्रान्ड सचेतना जगाइने कियाले बताएको छ । किया नेपालले प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्व सावधानी अपनाउने जनाएको छ ।

किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनीले जनाएको छ । किया अस्ट्रेलियन ओप, फिफा वर्ल्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग नेशनल मोटर स्पोर्टस जस्ता खेलहरूमा आबद्ध छ ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फम्र्याटमा (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ । कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL