Logo

हुण्डाई नेपालले पोखरा थन्डर्सलाई दियो साथ, बन्यो प्लाटिनम स्पोन्सर

हुण्डाई नेपालले पोखरा थन्डर्सलाई दियो साथ, बन्यो प्लाटिनम स्पोन्सर



काठमाडौं । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात मध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।

नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।

ह्युन्डाइले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरीनै लक्ष्मी ह्युन्डाइले पनि नेपालमा खेलकुद विकाशको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी ह्युन्डाइले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो ।

हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८र१९ देखि ४ बर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा बिगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL