Logo

दराजले आफ्ना फ्रन्टलाइन कर्मचारीलाई दियो कोभिड–१९ विरुद्धको खोप

दराजले आफ्ना फ्रन्टलाइन कर्मचारीलाई दियो कोभिड–१९ विरुद्धको खोप



काठमाडौं । दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइनर वितरण कर्मचारीहरुको लागि कोभिड–१९विरुद्धको खोप दिन आरम्भ गरेको छ।

अलिबाबा समूहले आफ्नो स्वामित्वमा रहेका दराज नेपाल लगायत ४ अरु दक्षिण एशियाली बजारमा सञ्चालन गरिरहेको छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा ६ सय कर्मचारीहरुलाई रोजगार दिरहेको छ। तिनीहरू मध्ये आधा डेलिभरी सेवाहरुमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु रहेका छन्।

कम्पनीले गत २ हप्ताको अवधिमा देशभरीको विभिन्न सहरबाट कर्मचारीहरुलाई काठमाडौँ ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL