Logo

गोदरेजले शुरु गर्यो भाइरोसिल्डको उत्पादन, सीजीले नेपाली बजारमा थाल्यो बिक्री वितरण्

गोदरेजले शुरु गर्यो भाइरोसिल्डको उत्पादन, सीजीले नेपाली बजारमा थाल्यो बिक्री वितरण्



काठमाडौ । घरायसी ब्रान्ड गोदरेज होम एप्लायन्सेसले भाइरोसिल्डको उत्पादन थालेको छ । नेपालका लागि गोदरेजको आधिकारीक वितरक सीजीले नेपाली बजारमा पनि उक्त भाइरोसिल्डको बिक्री वितरण शुरू गरेको जानकारी दिएको छ ।

कोरोना माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गोदरेजले भाइरोसिल्ड उत्पादन गरेको जनाएको हो । यस भाइरोसिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई निस्क्रिय गर्ने क्षमता राख्दछ ।

भाइरोसिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, टेबल, वालेट, पर्स, अर्नामेन्ट्स, घडी, चस्मा, चाबी, जुत्ता, किताब, लगायतलाई डिस्इन्फेक्ट गर्न सकिन्छ । यसलाई भारतिय मेडिकल रिसर्च काउन्सिलले पनि प्रमाणित गरेको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL