Logo

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, स्वतन्त्र बिज्ञ संचालकमा नेपाल नियुक्त

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, स्वतन्त्र बिज्ञ संचालकमा नेपाल नियुक्त



काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपालकै अग्रणी इन्स्योरेन्स कम्पनी अजोड इन्स्योरेन्स मानिन्छ ।

आर्थिक वर्ष २०७६ ७७ को लेखापरिक्षण प्रतिवेदन पनि यहि साधरण सभाबाटपारित गरेको कम्पनीले जनाएको छ । छोटो समयमै उल्लेख्य प्रगति गर्न सफल अजोड इन्स्योरेन्स कम्पनीले एकवर्षमा १ खर्वभन्दा बढि प्रिमियम कलेक्सन गर्न सफल भएको थियो ।

कम्पनीले यहि फागुनसम्म केन्द्रीय कार्यलयसहित ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ । यस्तै, १० बीमा काउण्टरहरुबाट पनि सेवा प्रदान गर्दै आइरहेको छ।

साधारणसभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्तका लागि अनुमोदन गरेको छ । साधरण सभा स्वतन्त्र बिज्ञ संचालकमा नियूक्त भएका विष्णु प्रसाद नेपाल नेपाल सरकारको पूर्व सहसचिव हुन् । उनी आफ्नो कार्यकालमा कुशल प्रशासनिक दक्षता हासिल गरेका व्यक्तिका रुपमा लिइन्छ ।

त्यस्तै, सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भए । योसँगै संचालक कम्पनीको समिति पूर्ण भएको छ ।

शेयर बजारमा सुचिकृत कम्पनी अजोड इन्स्योरेन्स कोरोना कहरका बीच आफ्नो विषयगत तथ्यांकमा सकाकारत्मक प्रगति गरेको छ । आर्थिक वर्ष २०७६ ७७ मा ८८ करोड ४३ लाख रुपैयाँ बीमा शुल्का आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्