Logo

सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’, १ लाखसम्मको स्वास्थ्य बीमा

सुबिसुको नयाँ वर्ष योजना ‘इन्टरनेट मस्त जीवन स्वस्थ’, १ लाखसम्मको स्वास्थ्य बीमा



काठमाडौं । सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्ड वीथमा लागु हुनेछ ।

कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको जनाएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ १ लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL