Logo

घरेलु तथा साना उद्योग महासंघको २५ औं महाअधिवेशन जेठमा, महिला उद्यमी सम्मेलन पनि हुने

घरेलु तथा साना उद्योग महासंघको २५ औं महाअधिवेशन जेठमा, महिला उद्यमी सम्मेलन पनि हुने



काठमाडौं । आगामी जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ ।
महासंघको राजधानीमा बसेको केन्द्रिय कार्यसमितिको ११ औं बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

विगतमा भएका केन्द्रिय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्यव्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।

महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय उर्जा परिसंघसँग एकिकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ ।

परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्