Logo

रिद्धि सिद्धि सिमेन्टको नयाँ वर्ष अफर, ग्राहकलाई पूजा सामग्री सेट

रिद्धि सिद्धि सिमेन्टको नयाँ वर्ष अफर, ग्राहकलाई पूजा सामग्री सेट



काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष २०७८ को अवसरमा घर तथा भवन शिलान्यास गर्न चाहने ग्राहकलाई सानो भेट दिने भएको छ । कम्पनीले भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने बताएको हो ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित कम्पनीले केही महिना अघि ल्याएको “शिलान्यास रिद्धि सिद्धिसँग ”नामक विशेष योजनालाई पनि निरन्तरता दिएको छ ।

कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्च रत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL