Logo

भायानेटका ग्राहकलाई ‘भायानेट स्पीडी’ अफर, १०० एमबीपीएसको स्पीड

भायानेटका ग्राहकलाई ‘भायानेट स्पीडी’ अफर, १०० एमबीपीएसको स्पीड



काठमाडौं । भायानेटले सुपर स्पीड इन्टरनेटको साथमा ‘भायानेट स्पीडी’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत भायानेट प्रयोगकर्ताले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् ।

भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस माथि १ हजारको रिवार्ड अंकको साथ भाया टीभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL