Logo

सर्वोत्तम सिमेन्टको प्राविधिक तालिम, ६० जना ठेकेदारहरुले लिए तालिम

सर्वोत्तम सिमेन्टको प्राविधिक तालिम, ६० जना ठेकेदारहरुले लिए तालिम



काठमाडौं । सर्वोत्तम सिमेन्टले चितवन र हेटौंडाका भवन निर्माणमा संलग्न प्राविधिक (ठेकेदार)हरुलाई तालिम दिएको छ ।

“बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ कम्पनीले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम प्रदान गराइएको हो ।

उक्त तालिममा चितवन क्षेत्रका करिब १५० ठेकेदारहरु तथा हेटौंडा क्षेत्रका करिब ६० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL