Logo

बीमा समितिको कदमपछि अजोड इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित

बीमा समितिको कदमपछि अजोड इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पूँजी बृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगित भएको छ ।

कम्पनीले नेप्सेमार्फत जारी गराएको सूचनाअनुसार कम्पनीको बुधबार बसेको सञ्चालक समितिको आकस्मिक बैठकले हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो ।

अजोड इन्स्योरेन्सको यही चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

बीमा समितिको यही चैत २३ गतेको पत्रानुसार कम्पनीले प्रस्ताव गरेको पूँजी बृद्धि र हकप्रद जारी गर्ने निर्णय स्थगित गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL