Logo

कतार एयरवेजको कोभिड–१९ विरुद्धको खोपयुक्त उडान सञ्चालन, विश्वको पहिलो ‘जिरो टच’ मनोरञ्जन प्रविधि समावेश

कतार एयरवेजको कोभिड–१९ विरुद्धको खोपयुक्त उडान सञ्चालन, विश्वको पहिलो ‘जिरो टच’ मनोरञ्जन प्रविधि समावेश



दोहा । कतार एयरवेजले विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ ।

केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर ६४२१ को जहाज ११ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो ।

जहाँ यात्रुहरूलाई चेक–इनमा पनि खोप लगाएका कर्मचारीहरूले सुरक्षा जाँच गरेको एयरलाइन्सले जनाएको छ । उक्त उडान अपरान्ह २ बजे दोहा फर्किएको हो ।

एयरलाइनले बोर्डमा सुरक्षा र स्वच्छताको मापदण्डहरू सुनिश्चित गर्नका लागि राखेका सबै उपायहरू अपनाएको जनाएको छ ।

जसमा विश्वको पहिलो ‘जिरो टच’ मनोरञ्जन प्रविधि समावेश रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL