Logo

भीभोको नयाँ वर्ष अफरमा भी र वाई सिरिजका स्मार्टफोनमा विशेष छुट, साथमा उपहार पनि

भीभोको नयाँ वर्ष अफरमा भी र वाई सिरिजका स्मार्टफोनमा विशेष छुट, साथमा उपहार पनि



काठमाडौं । भीभोले नेपाली नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । भीभोले भी र वाई सिरिजका स्मार्टफोनको खरिदमा विशेष छुटका साथै उपहार योजना पनि सार्वजनिक गरेको हो । यो अफर अप्रिल ७ देखि अप्रिल २५सम्म रहने कम्पनीले जनाएको छ ।

भीभोको भी सिरिज ह्यान्डसेट जस्तैः भी२० (८जीबी + १२८जीबी), भी२० एसई ( ८जीबी + १२८ जीबी) तथा वाई सिरिज स्मार्टफोनको वाई५१(८जीबी + १२८जीबी), वाई१२ (३जीबी + ३२जीबी), वाई९१ सी (२जीबी + ३२जीबी) नेपाली बजारमा उपलब्ध छन् ।

भीभोका नेपाल प्रमुख मार्सले यो नयाँ वर्षको अभीयानको साथ भीभोले स्मार्टफोन सपिङ्गका लागि पहिलेको भन्दा अझै सहज बनाउने र उच्च प्रविधीको स्मार्ट फोन भी सिरिज र वाई सिरिज सहुलियत मूल्यमा उपलब्ध गराउने बताए ।

भीभोका विभिन्न फोनको खरिदमा विभिन्न उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । जसमा, भीभो भी२० खरिद गर्ने ग्राहकले गेमिङ हेडफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ । त्यसैगरी, पहिलो १५० जना उपभोक्ताले भीभो भी२० एसई खरिद गर्दा ब्लुटुथ स्पिकर उपहार स्वरुप पाउनेछन् । भीभो वाई२०( ३जीबी + ३२जीबी) खरिद गर्दा १ हजार मात्र तिरेर लिन सकिन्छ । 

त्यस्तै भीभो वाई९१सीको खरिदमा २ हजार तिरेर बाँकी ईएमआई गर्ने सुविधा कम्पनीले दिएको छ । ग्राहकहरुले भीभो वाई१२एसमा १ हजार छुट मिल्नेछ । कम्पनीले भीभो वाई२० (४ जीबी+६४ जीबी), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्ने पहिलो पहिलो १७०० ग्राहकहरुले यस सिजनको आईपीएल जर्सि जित्ने मौका पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL