Logo

शाओमी नेपालको सर्भिस सेन्टर बुटवलमा, एक हप्तासम्म निःशुल्क सर्भिसिङको अवसर

शाओमी नेपालको सर्भिस सेन्टर बुटवलमा, एक हप्तासम्म निःशुल्क सर्भिसिङको अवसर



काठमाडौं । शाओमीले बुटवलको राम मन्दिर लाइनको सिंह कम्प्लेक्समा नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

शाओमीले यसअघि पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी , धनगढी र काठमाडौंमा सर्भिस सेन्टरहरु संचालनमा ल्याइसकेको छ ।

यसै अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रति कम्पनी दृढ रहेको बताए । उनले बुटवलको नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गरेको बताए ।

शाओमीले सर्भिस सेन्टर उद्घाटनको अवसरमा एक हप्तासम्म निःशुल्क सर्भिसिङ प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL