Logo

ज्योति लाईफको आईपीओ नेप्सोमा सूचीकृत, बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने

ज्योति लाईफको आईपीओ नेप्सोमा सूचीकृत, बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २४ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर बुधबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेएलआई’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १२०.२९ रुपैयाँ र अधिकतम ३६०.८७ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको बबरमहलस्थित एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL