Logo

नागरिक लगानी कोषको लाभांश प्रस्ताव, यस्तो छ नगद र बोनसको अनुपात

नागरिक लगानी कोषको लाभांश प्रस्ताव, यस्तो छ नगद र बोनसको अनुपात



काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोष सञ्चालक समितिको यही चैत २१ गते बसेको बैठकले आर्थिक बर्ष २०७६र०७७ को लेखापरीक्षण कार्य सम्पन्न भई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कोषको शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) लाभांश प्रस्ताव गरिएको कोषले जनाएको छ ।

उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई कोषको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गर्ने गरी आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय भएको कोषका सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL