Logo

सीबीआईएल क्यापिटलको निर्देशकमा भरतराज वोस्ती नियुक्त, नेपालको पूँजी बजार क्षेत्रको अनुभव

सीबीआईएल क्यापिटलको निर्देशकमा भरतराज वोस्ती नियुक्त, नेपालको पूँजी बजार क्षेत्रको अनुभव



काठमाडौं । कर्मचारी सञ्चय कोष, नेपालका प्रमुख प्रबन्धक भरत राज वोस्ती, सीबीआईएल क्यापिटलमा निर्देशकका नियुक्त भएका छन् ।

वोस्ती नेपालको पूँजी बजार क्षेत्रमा धेरै अनुभवी कर्मचारी हुन् । वोस्ती एनआईडीसी क्यापिटल मार्केट लिमिटेडका भुतपूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन ।

कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले वोस्तीलाई २० चैत्र शुक्रबार कम्पनीको कार्यालयमा स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा अध्यक्ष, अन्य निर्देशक र सीईओले निवर्तमान निर्देशक राजेन्द्र शाक्यलाई आफ्नो कार्यकालमा महत्वपूर्ण योगदानका लागि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL