Logo

सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्दै आईएमई जनरल इन्स्योरेन्स, लाभांश प्रस्ताव पारित

सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्दै आईएमई जनरल इन्स्योरेन्स, लाभांश प्रस्ताव पारित



काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको उक्त सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त लाभांश पनि पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL