Logo

नबिल इन्भेष्टमेन्टद्वारा बिजनेस क्लिनिक संचालन, चैत्र महिनाका लागि निशुल्क सेवा

नबिल इन्भेष्टमेन्टद्वारा बिजनेस क्लिनिक संचालन, चैत्र महिनाका लागि निशुल्क सेवा



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेस क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरूका लागि निकै उपयोगी हुने देखिएको छ ।

बिजनेस ​क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न शुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इन्भेष्टमेन्टका लगानी विशेषज्ञहरूद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस सेवा अन्तर्गत इक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पुँजी संरचना सम्बन्धि परामर्श, दैनिक कार्य संचालन तथा पुँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्संरचनारपुनर्गठन सम्बन्धि वित्तीय परामर्श, व्यापाररव्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार सुरु गर्ने सम्बन्धि परामर्श, सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श, पोर्टफोलियो फेरबदलरपुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिदरबिक्री गर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श, सम्पत्ति÷धन व्यवस्थापन सम्बन्धि परामर्श, व्यापार रणनीति सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ ।

यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रवार वाहेक प्रत्येक दिनको ३ बजे देखि दिनको ५ बजेसम्म संचालनमा रहने कम्पनीले जनाएको छ । एक पटक यो सेवा लिन आउँदा रु १ हजारको टिकट काट्नु पर्नेछ भने सेवा संचालन आएको अवसरमा चैत्र महिनाको लागि यो शुल्क छुट गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL