Logo

कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता १ लाख रुपैयाँ जित्न सकिने

कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता १ लाख रुपैयाँ जित्न सकिने



काठमाडौं । स्मार्टफोन ब्राण्ड कुलप्याडले आफ्ना उपभोक्ताहरुको लागि नयाँ वर्ष २०७७ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले यहि चैत १३ गते शुक्रबार एक कार्यक्रमका बिचमा कुलप्याड लखपति योजना सार्वजनिक गरेको छ ।

कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता एकजना भाग्यशाली ग्राहकहरुलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना सार्वजनिक गरेकी छिन् । कुलप्याण्ड लखपति योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्येबाट प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ ।

त्यसैगरि प्रत्येक साता कम्पनीले ५ जना बिजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । यसका साथमा कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्नेछ ।कम्पनीले आगामी २०७७ बैशाख मसान्तसम्म आयोजना गर्ने कुलप्याड लखपति योजनाअन्तरगत ८ सातामा ८ जना प्रत्येक ग्राहकहरुलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्ने बताइएको छ ।

यस योजनामा प्रत्येक साता सहभागीहरुलाई गोलाप्रथाद्धारा छनौट गरि कुलप्याडको आधिकारीक फेसबुक पेजबाट घोषणा गरिने कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले बताए । सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL