Logo

सामसङको शक्तिशाली एम१२ बजारमा, ६००० एमएएच ब्याट्री

सामसङको शक्तिशाली एम१२ बजारमा, ६००० एमएएच ब्याट्री



काठमाडौं । सामसङ नेपालले ८ न्यानोमिटर एक्जोनस प्रोसेसर भएको एम१२ स्मार्टफोन बजारमा ल्याएको छ । ग्यालेक्सी एम१२ मा ४८ मेगापिक्सेलको क्वाड क्यामेरा तथा ६००० एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यो स्मार्टफोन ल्याएको सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए ।

४ जीबी प्लस ६४ जीबी भएको मोबाइलको मूल्य १८ हजार ५०० र ६ जीबी प्लस १२८ जीबीको मोबाइलको मूल्य २२ हजार ५०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL