Logo

डिशहोमका ग्राहकलाई अफर, डिशहोम रिचार्जमा इन्टरनेट सित्तैमा

डिशहोमका ग्राहकलाई अफर, डिशहोम रिचार्जमा इन्टरनेट सित्तैमा



काठमाडौं।अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध भएका क्षेत्रमा डिशहोमका ग्राहकले यस अफर बाट फाईदा लिन सक्नेछन् ।

डिशहोमको रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको ईन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भिओडी मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न  सक्नेछन् ।

डिशहोम गो वेब मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभिओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । 

नेपालमै टि.भि.को रिचार्ज गर्दा ईन्टरनेट लगायत डिशहोम गो,डिशहोम गो एप र एक्सभिओडी फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।
 
डिशहोम फाईबरनेटले हाल बजारमा १० एमबीपीएस/२५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL