Logo

जस्मिन हाइजिन प्रोडक्ट्सको शिल्ड फेस मास्क बजारमा, नेपालकै पहिलो युभी स्टेरलाइज्ड उत्पादन भएको दाबी

जस्मिन हाइजिन प्रोडक्ट्सको शिल्ड फेस मास्क बजारमा, नेपालकै पहिलो युभी स्टेरलाइज्ड उत्पादन भएको दाबी



काठमाडौँ । नेपालको पहिलो तथा विगत १५ वर्षदेखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्ट्सले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत शिल्ड फेस मास्क बजारमा ल्याएको छ ।

शिल्ड फेस मास्क नेपालमै युभी स्टेरलाइज्ड भई उत्पादन हुने पहिलो मास्क भएको कम्पनीले दाबी गरेको छ ।

सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौ भन्ने नारा का साथ ल्याएको यो फेसमास्कको प्रयोगले कोभिड–१९ लगायत अन्य भाइरस तथा किटाणुहरुबाट उच्च सुरक्षा दिन्छ । युभी स्टेरलाइज्ड मास्क भएको हुनाले यो आफैमा सय प्रतिशत किटाणु तथा भाइरसरहित छ ।

यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिनका साथै आरामदायी महसुस गराउँछ । शिल्ड फेस मास्क भारतीय सर्जिकल मास्क स्ट्यान्डर्ड १६२८९ः२०१४ को आवश्यकता बमोजिम मेल खाने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL