Logo

नयाँ वर्षमा एलजीले ल्यायो अफर, एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट

नयाँ वर्षमा एलजीले ल्यायो अफर, एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट



काठमाडौं । एलजी नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ योजना जारी गरेको छ । यस योजना अन्तर्गत एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट पाइने कम्पनीले जनाएको छ ।

जसअनुसार नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यस अफरमा ग्राहकहरुले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १४४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २४५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड ९९ केजी माथि०को खरिदमा रु ५२३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड ९८ केजी सम्म० को खरिदमा रु २६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा रु १०२० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले रु ४००० मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना चैत्र ११ गते देखि सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL