Logo

नयाँ स्वाद र विभिन्न विकल्पहरू पस्किदैं बास्किन रोबिन्स, ११ शहरमा रिटेल आउटलेट

नयाँ स्वाद र विभिन्न विकल्पहरू पस्किदैं बास्किन रोबिन्स, ११ शहरमा रिटेल आउटलेट



काठमाडौँ ।  सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योति नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किन सदैव अगाडि छन् । 

नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’ लाई ग्रेभिस फुड प्रा.लि.को साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ ।

विश्वमै सबै भन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम् र सुविधादायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।

सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. को नाममा ज्योति ग्रुपले FMCG उद्योगको स्थापना गरेको हो । वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको क्क्ष्क्ष्एी ले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ ।  

समग्ररुपमा भन्ने हो भने SIIPL हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।

बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम् उदाहरण हो । हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरू, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् । 

यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नविकरण गर्दै जानेछ ।
ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्नुहुनेछ । यसका साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL